तिलोत्तमामा एक महिलाको शंकास्पद मृत्यु

रुपन्देही, ३१ जेठ । रुपन्देहीको तिलोत्तमामा एक महिलाको शंकास्पद मृत्यु भएको छ ।
तिलोत्तमा–६ मा २५ वर्षीय सुसवना गिरी आफ्नै होटलमा झुन्डिएको अवस्थामा भेटिएकी हुन् ।
उनलाई तत्काल क्रिमसन अस्पताल पुर्याइएको थियो । तर, अस्पतालमा चिकित्सकहरुले उनलाई मृत घोषणा गरे । मृतक गिरीका दुई नाबालक छोराछोरी छन् ।
गिरीको माइती पक्षले उनलाई हत्या गरेर झुन्ड्याइएको हुनसक्ने दाबी गरेका छन् । उनीहरुले उनको शरीरमा निलडाम भएकाले पनि यस्तो आशंका गर्न परेको बताएका छन् ।
घटनाबारे अनुसन्धान सुरु भएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


