पोर्चुगल पठाइदिन्छु भन्दै साढे ३३ लाख रुपैयाँ ठगी गरेको आरोपमा एकजना पक्राउ

काठमाडौं, ३१ जेठ । युरोपेली राष्ट्र पोर्चुगल पठाइदिन्छु भन्दै साढे ३३ लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–४ बालुवाटार घर भई हाल टोखा नगरपालिका–६ ग्राण्डी बस्ने रोजिन प्रजापति भन्ने रोजित श्रेष्ठ रहेका छन् ।
उनलाई प्रहरीले काठमाडौं महानगरपालिका–४ बालुवाटारबाट पक्राउ गरेको हो । उनलाई आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौंमा पठाइएको छ ।
उनले ८ जनासँग ३३ लाख ५० हजार रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ ।
अनुसन्धानका क्रममा रोजित श्रेष्ठले पीडितलाई उपलब्ध गराएको हवाई टिकट र भिसासमेत नक्कली भएको पाइएको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


