बजेट निर्माणमा बाहिरको कोही पनि मानिसको संलग्नता नभएको अर्थमन्त्रीको दावी

काठमाडौं, ३१ जेठ । अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणमा बाहिरको कोही पनि मानिसको संलग्नता नभएको बताएका छन् ।
प्रतिनिधि सभाको मंगलबारको बैठकमा संसदमा उठेका प्रश्नहरुको जवाफ दिँदै अर्थमन्त्री शर्माले यस्तो बताएका हुन् ।
उनले यसअघि आएका समाचारहरु कपोकल्पित भएको र एउटा कथा बनाइएको बताएका छन् ।
मंगलबार उनले जवाफ दिन प्रतिनिधि सभाको रोस्ट्रममा पुग्दा नेकपा एमालेका सांसदहरुले यसको विरोध गरेका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


