सुर्खेत, ३१ जेठ । लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला खत्री वलीविरुद्ध दाङ तुलसीपुर उपमहानगरपालिका–५ की मिना भण्डारी बस्नेतले जिल्ला प्रहरी कार्यालय घोराही पुगेर उजुरी दिएकी छन् ।

राज्यमन्त्री खत्रीले आफू र आफ्नो छोरीमाथि अनाहकमा घरभित्रै पसेर कुटपिट गरेको तथा घरका सामान जथाभावी फालिदिएको भन्दै उनले किटानी जाहेरी दिएकी हुन् ।

आज विहान त्यहाँ विमला उनका प्रेमी भनिएका एकराज बस्नेतलाई खोज्न पुगेको बताइएको छ । मीना एकराजकी श्रीमती हुन् । प्रहरीले एकराजको खोजी सुरु गरेको छ ।

यसअघि मीनाको घरमा पसेपछि प्रहरीले राज्यमन्त्री विमलालाई नियन्त्रणमा लिएको थियो । उनलाई अहिले बुटवल पठाइएको छ ।