काठमाडौं, ३० जेठ । प्रहरी महानिरीक्षक (आइजिपी) नियुक्तिविरुद्धको रिट ‘हेर्दाहेर्दैमा’ राखिएको छ ।

कायम मुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासमा पेशी तोकिएको यो मुद्दाको बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको हो ।

अब यसको सुनुवाई ५ असारमा हुने भएको छ । आज निवेदकका तर्फबाट अधिवक्ता मेघराज पोखरेलले मात्रै बहस गरे ।

त्यसअघि डीआईजीको रिटमा पक्ष विपक्षको बहस सकिएको छ । रिट निवेदक पोखरेलको तर्फबाट बहस सकिएपछि विपक्षी महान्यायाधिवक्ता कार्यालय र निजी कानुन व्यवसायीहरुले बहस गर्नेछन् ।

सरकारले धीरजप्रताप सिंहलाई वैशाख १८ गते आईजीपीमा बढुवा गर्ने निर्णय गरेपछि एआईजी पोखरेलले सर्वोच्चमा रिट दायर गरेका थिए ।