अहिलेको निर्वाचन प्रणाली फेरिनु पर्छ : प्रचण्ड

काठमाडौं, ३० जेठ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको निर्वाचन प्रणाली फेरिनु पर्ने बताएका छन् ।
उनले यो निर्वाचन प्रणालीले वाक्क दिक्क बनाएको भन्दै यसलाई फेर्नु पर्ने तर्क गरेका हुन् ।
नेकपा माओवादी केन्द्र बर्दियाले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा प्रचण्डले अहिलेको निर्वाचन प्रणाली फेर्नु पर्ने टिप्पणी गरेका हुन् ।
उनले भने, ‘अहिलेको निर्वाचन प्रणाली फेर्नुपर्छ । अहिलेको प्रणालीमा गरिब, दुखी र सर्वहारा वर्गका नेताहरुले कहिल्यै चुनाव जित्न नसक्ने भए ।’
उनले माओवादी केन्द्र पहिलेको भन्दा ठूलो शक्ति भएर अगाडि बढ्नेमा गृहकार्य भइरहेको पनि बताएका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


