काठमाडौं, ३० जेठ । नेकपा माओवादी केन्द्रले स्थानीय निर्वाचनमा अन्तर्घात गर्नेलाई कारवाही गर्ने भएको छ ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बर्दियामा आयोजित एक कार्यक्रममा यस्तो बताएका हुन् ।

कार्यक्रममा माओवादी केन्द्रका पालिका कमिटीका अध्यक्षले स्थानीय तहको चुनावमा व्यापक अन्तर्घातका कारण बर्दियमा नराम्रो पराजय व्यहोर्नुपरेको रिपोर्टिङ प्रचण्डसमक्ष गरेका थिए ।

उनीहरुको रिपोर्टिङ सुनेपछि प्रचण्डले केन्द्रीय तहकै नेताहरुका कारण गुट उपगुट बनेको सुनाएका थिए । ‘गुट उपगुट तपाईंहरु भन्दा पनि केन्द्रीय तहकै नेताहरुबाट तल आएको हो । म माथि नै कन्ट्रोल गर्छु,’ उनको भनाइ थियो ।