प्रधानमन्त्री देउवाको अमेरिका भ्रमणबारेमा संसदलाई जानकारी दिनुपर्छ : भीम रावल

काठमाडौं, ३० जेठ । नेकपा एमालेका सांसद डा. भीम रावलले प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणबारेमा संसदलाई जानकारी दिनु पर्ने बताएका छन् ।
संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा परराष्ट्र नीतिबारे बोल्दै रावलले प्रधानमन्त्रीको अमेरिका भ्रमणको तयारीबारे संसदलाई जानकारी गराउनसमेत माग गरेका हुन् ।
उनले नेपालको असंग्लन र स्वतन्त्र परराष्ट्र नीतिलाई वर्तमान गठबन्धन सरकारका गतिविधिहरूले त्यो नीति र मान्यतालाई उल्लंघन गरेको आरोप लगाए । रावलले नेपाल भ्रमणमा रहेका अमेरिकी जर्नलले नेपाली सेना भरपर्दो स्थलगत सेना भनेको प्रति आपत्ति जनाए ।
अमेरिकी जर्नेलले स्थल सेना भरपर्दो भन्नु स्थल समूहमा काम गर अथवा अमेरिकाले सञ्चालन गरेको राज्य साझेदारी कार्यक्रमको अंग भएको हो की भन्ने आशंका उत्पन्न भएको रावलले बताए ।
उनले अन्तराष्ट्रिय सम्बन्ध समितिमा प्रधानमन्त्रीसहित परराष्ट्र मन्त्री पनि छलफलको लागि आउनु पर्ने माग राखे । प्रधानमन्त्रीको भ्रमणको तयारी परराष्ट्र मन्त्रालयले नगरेर रक्षा मन्त्रालय र सेनाले गर्नु गम्भिर रहेको रावलको भनाई छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


