कैलाली, ३० जेठ । जिल्ला समन्वय समिति कैलालीको प्रमुखमा नेपाली कांग्रेसका पदमबहादुर कलेल विजयी भएका छन् ।

कूल १३ पालिकाका २६ जना मतदाता रहेकोमा २५ जनाले मतदान गरेका थिए । कलेलले १३ मत पाएका हुन । प्रमुखका अर्का उम्मेदवार नागरिक उन्मुक्ति पार्टीका इन्द्र चौधरीले १२ मत मात्र पाए ।

सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको एउटा गठबन्धन र नेकपा एमाले र नागरिक उन्मुक्ति पार्टीको अर्को गठबन्धन भएको थियो ।

निर्णायक मानिएका धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालले गठबन्धनका पक्षमा मतदान गरेका हुन् ।

मोहन्याल गाउँपालिकाका अध्यक्ष देवीभक्त उपाध्यायले भने भ्रष्टाचार लागेका कारण मतदान गर्न पाएनन् ।