बारामा मोटरसाइकल दुर्घटना हुँदा दुई युवकको मृत्यु

बारा, ३० जेठ । बारामा मोटरसाइकल दुर्घटना हुँदा दुई युवकको ज्यान गएको छ ।
मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा जिल्लाको सुवर्ण गाउँपालिका–७ सनफुल्वा टोल बस्ने ३५ वर्षीय विरुलाल यादव र भारतको मोतिहारी जिल्ला पूर्वी चम्पारण समरपुर–२ बस्ने ३० वर्षीय मेवा चन्द्र राय यादवको मृत्यु भएको हो ।
हुलाकी राजमार्गको बारा महागढीमाई नगरपालिका–८ थलही पुलमा बरियारपुरबाट लंगडाचोकतर्फ जाँदै गरेको प्र.०२–०३–००४प. ७९३४ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटनामा परेको थियो ।
दुर्घटनामा परी मोटरसाइकलसहित चालक र पछाडि सवार दुवैजना पुलभन्दा २५ फिट तल खसेर गम्भीर घाइते भएका थिए ।
उनीहरूको उपचारको क्रममा कलैया अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


