जनकपुरधाम, २८ जेठ । धनुषाको विदेह नगरपालिकामा तराई मधेश लोकतान्त्रिक पार्टीले ११ सदस्यीय वडा कमिटी गठन गरेको छ ।
शनिबार तमलोपा विदेह नगरपालिका वडा नम्बर ३ मा देवेन्द्र सहनीको अध्यक्षतामा ११ सदस्यीय कमिटी गठन गरेको हो ।
त्यस्तै उपाध्यक्षमा पार्वति देवी सहनी, सचिवमा विनोदकुमार यादव, कोषाध्यक्षमा उर्मिला देवी महरा रहेकी छन् भने सदस्यहरुमा वैदु राय, शरेद महरा, फुलगेन दास, गफुर नदाफ, रामवति ठाकुर, संपतिया देवी यादव, रन्नु दास छन् ।