रौतहटमा कटुवा पेस्तोलसहित दुईजना पक्राउ

रौतहट, २७ जेठ । रौतहटमा कटुवा पेस्तोलसहित प्रहरीले शुक्रबार बिहान दुईजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा ईशनाथ नगरपालिका–४ महुलिया बस्ने ३० वर्षीय रामबाबु सिंह र भारत विहार ग्राम पर्सा बस्ने ४० वर्षीय कृष्ण साह रहेका छन् ।
उनीहरूबीच लेनदेनको विषयमा विवाद भएको खबर प्राप्त भएपछि प्रहरी चौकी मठियाबाट खटिएको प्रहरीले जाँच गर्दा उक्त पेस्तोलसहित फेला पारी दुवैजनालाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


