विराटनगर, २७ जेठ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यसअघि पार्टी छाडेर गएकाहरुलाई फेरि पार्टीमा स्वागत गर्ने चलन नरहेको बताएका छन् ।

उनले पार्टी छाडेर जानेहरुले फेरि पार्टी प्रवेश गर्न सक्ने तर उनीहरुलाई स्वागत गर्ने कुनै चलन नरहेको बताएका हुन् ।

‘कार्यकर्ताहरुमा पार्टी प्रवेशमा रोक लगाएका होइनौँ,’ उनले भने, ‘पार्टी छाडेर गएकाहरु पार्टी प्रवेश गर्न सक्नुहुन्छ तर स्वागत गर्ने चलन छैन ।’

उनले कुनै पनि कार्यकर्तालाई पार्टी प्रवेशमा रोक नलगाएको पनि बताएका छन् ।

ओलीले शुक्रबार विराटनगरको कार्यक्रममा भगवान थापालगायत डेढ सयभन्दा धेरैलाई एमाले प्रवेश गराएका छन् ।