काठमाडौं, २६ जेठ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ।

बिहीबार राति १२ बजेबाट लागू हुने गरी निगमले पेट्रोलमा प्रतिलिटर ८ र डिजेल तथा मट्टीतेलमा प्रतिलिटर १२ रुपैयाँ बढाएको हो ।

निगमले बिहीबार जारी गरेको विज्ञप्तिअनुसार नयाँ मूल्यसँगै पेट्रोल १७८, डिजेल र मट्टीतेल १६५ रुपैयाँ लिटर पर्नेछ ।

यसअघि जेठ १९ गते मात्र आयल निगमले यी तीनै पदार्थमा १० रुपैयाँ प्रतिलिटर भाउ घटाएको थियो ।

पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा तेलको भाउ बढेको र निगमको घाटा बढ्दै गएकाले मूल्य वृद्धि गर्नुपरेको निगमले जनाएको छ ।

एलपी ग्यासको भने मूल्य यथावत् रहेको निगमले जनाएको छ ।