सामान्य प्रशासनमन्त्री श्रेष्ठमाथि कार्यकक्षमै हातपात

काठमाडौं, २६ जेठ । सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठमाथि हातपात भएको छ ।
मन्त्री श्रेष्ठमाथि आफ्नै पार्टीका सांसद रामबाबु यादवले सिंहदरबारस्थित कार्यकक्षमै हातपात गरेका हुन् ।
मन्त्री श्रेष्ठमाथि हातपात हुन थालेपछि उनका पिएसओले बचाउ गरेका थिए । बिहीबार मन्त्रीको कार्यकक्षमा पुगेका सांसद यादव आफ्नो क्षेत्रमा बजेट नहालेको भन्दै मन्त्रीमाथि भौतिक हमलामा उत्रिएका थिए ।
जसपाका निलम्बित सांसद हरिनारायण रौनियार पनि त्यसबेला मन्त्रालयमै थिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


