सप्तरी, २६ जेठ । सप्तरीमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ ।

जिल्लाको बोदे बर्साइन नगरपालिका–३ मधुवनमा चट्याङ लागेर बिहीबार दुई जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा बोदे बर्साइन नगरपालिका–३ मधुवन बस्ने ५६ वर्षीय रामजी यादव र सोही ठाउँ बस्ने ८० वर्षीय सत्यनारायण यादव रहेको प्रहरीले जनाएको छ ।

दिउँसो गाईभैँसी चराउन खेतमा गएको बेला दुबै जनासँगै रहेको बेला चट्याङ लागेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।

चट्याङ लागेपछि उनीहरूलाई उपचारको लागि बोदे बर्साइन लाइफ लाइन केयर हस्पिटल लग्ने क्रममा बाटोमै मृत्यु भएको हो ।