२ करोड बराबरको औषधि, लत्ताकपडालगायतका सामग्री बरामद

पर्सा, २६ जेठ । प्रहरीले पर्साका विभिन्न स्थानबाट करिब २ करोड बराबरको औषधि, लत्ताकपडालगायतका सामग्री बरामद गरेको छ ।
प्रहरीले उक्त सामग्री बोकेको तीनवटा ट्रकसमेत नियन्त्रणमा लिएको हो ।
वीरगञ्ज महानगरपालिका–१० घण्टाघरबाट विभिन्न सामग्री बोकेको बा ५ ख ८६५८ र लु २ ख ५३४९ नम्बरको ट्रक तथा वीरगञ्ज–८ माईस्थानबाट विभिन्न किसिमका औषधि, लत्ताकपडालगायत सामग्री बोकेको ना ४ ख ४३०१ नम्बरको ट्रक प्रहरीले नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिए ।
ट्रक नियन्त्रणमा लिएर चालकलाई आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको प्रहरी उपरीक्षक बस्नेतले जानकारी दिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


