अमेरिकी राजदूत बेरी र माओवादी अध्यक्ष प्रचण्डबिच भेटवार्ता

काठमाडौं, २६ जेठ । नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन् ।
उनी प्रचण्डसँगको भेटघाटका लागि बिहीबार दिउँसो खुमलटार पुगेका थिए । उनीहरुको भेटमा आधा घन्टा छलफल भएको थियो ।
अमेरिकी सेनाका जनरल चाल्र्स ए फ्लिन नेपाल आइपुग्नुअघि बेरीले प्रचण्डसँग गरेको यो भेटलाई विशेष अर्थमा लिइएको छ । तर, यसबारे अमेरिकी दूतावास र प्रचण्ड सचिवालयले औपचारिक रुपमाम केही जानकारी दिएका छैनन् ।
फ्लिन नेपालमा चार दिन लामो भ्रमणमा रहनेछन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


