महोत्तरीमा पोखरीमा डुबेर एक बालिकाको मृत्यु

महोत्तरी, २६ जेठ । महोत्तरीमा पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ ।
मत्यु हुनेमा जलेश्वर नगरपालिका वडा नम्बर–३ खैरा बस्ने किशोर सदाकी ६ वर्षीया आँचल रहेको प्रहरीले जनाएको छ ।
बुधबार साँझ घर नजिकैको पोखरीमा डुबेर सो बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले जानकारी दिए ।
बालिकाको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जलेश्वरमा राखिएको र घटना विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


