जिसस धनुषामा कांग्रेसका सबै उम्मेदवार निर्विरोध

जनकपुरधाम, २५ जेठ । जिल्ला समन्वय समिती धनुषामा नेपाली कांग्रेसका सबै उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् ।
बुधवार जिससका प्रमुख, उपप्रमुख सहित ७ जना सदस्यहरूको मनोनयन दर्ताको समय रहेकोमा कूल ९ जनाले मात्र उम्मेदवारी दिएका छन् ।
प्रमुखमा राजनन्द मण्डल राज, उपप्रमुखमा संगिता देवी ठाकुरको मात्र उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले जानकारी दिए ।
त्यस्तै सदस्यहरूमा इश्वरी प्रसाद शर्मा, डम्बर बहादुर थापा मगर, फगु यादवको उम्मेदवारी परेको थियो भने महिला सदस्यहरूमा गिता देवी यादव, विका देवी मिजार र सोनिता देवी सदाको मात्र उम्मेदवारी परेको उनले बताए ।
यता, दलित वा अल्पसंख्यक सदस्यमा महेन्द्र महतोले मात्र उम्मेदवारी दर्ता गराएको प्याकुरेलले जानकारी दिए ।
उनले जिससका लागि एक प्रमुख, एक उपप्रमुख र ७ सदस्य गरि ९ जना आवश्यक रहेकोमा ९ जनाको मात्र उम्मेदवारी परेको बताए ।
यद्यपी उनीहरुलाई अहिले निर्विरोध निर्वाचित भएको घोषणा भने गर्न बाँकी रहेको मुख्य निर्वाचन अधिकृत प्याकुरेलले बताए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


