रोकीराखेको ट्रकमा यात्रुवाहक बस ठोक्किँदा ८ जना घाइते

दाङ, २५ जेठ । दाङको राप्ती गाउँपालिका–८ बिजौरी स्थित पूर्व–पश्चिम राजमार्गमा रोकीराखेको ट्रकमा यात्रुवाहक बस ठोक्किँदा बसमा सवार ८ जना घाइते भएका छन् ।
बुधबार बिहान पौने ९ बजे चे जाँचको लागि रोकीराखेको लु २ ख ९२८० नम्बरको ट्रकमा काठमाडौंबाट घोराही जाँदै गरेको ना ६ ख ४१५० नम्बरको बस ठोक्किएको हो ।
दुर्घटनामा घाइते भएका मध्ये तुल्सीपुर उपमहानगरपालिका–११ की मीरा चौधरी र बबई गाउँपालिका–५ का २३ वर्षीय तारा बहादुर बिश्वकर्मा गम्भिर घाइते भएका हुन ।
घाइतेहरुको राप्ती विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको छ । दुवै सवारी साधनका चालकलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय भालुवाङले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


