सबैभन्दा पहिले विद्यार्थीले पढाइमा ध्यान दिनुपर्छ : माधव नेपाल

काठमाडौं, २५ जेठ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पढेको विद्यार्थी नै असल नेता बन्ने भएकाले विद्यार्थीको पहिलो काम पढई हुनुपर्ने बताएका छन् ।
उनले पढाइ र राजनीतिलाई कसरी मिलाउने भन्ने कुरामा विद्यार्थीले नै ध्यान दिनु पर्ने बताएका छन् ।
विद्यार्थीले औपचारिक र अनौपचारिक दुवै ढंगबाट पढ्नु पर्ने बताउँदै नेपालले विद्यार्थीको पहिलो काम पढई रहेको बताएका छन् ।
पार्टीनिकट विद्यार्थीहरुको विशेष जिल्ला कमिटीको सपथ ग्रहण कार्यक्रममा उनले भने सबैभन्दा पहिले विद्यार्थीले पढाइमा ध्यान दिनु पर्ने बताएका हुन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


