काठमाडौं, २५ जेठ । काठमाडौं महानगरपालिकाको फोहोर विर्सजन गर्न गएका गाडीहरुलाई अवरोध गरेपछि बन्चरेडाँडामा स्थानीय र प्रहरीबीच झडप भएको छ ।

मंगलबार पनि बन्चरेडाँडामा स्थानीयले फोहोर बिसर्जन गर्न दिएका थिएनन् ।

बुधबार पनि स्थानीयले फोहोर बिर्सजन गर्न नदिएपछि प्रहरी परिचालन भएको थियो । त्यहाँ झडपको स्थिति आएपछि प्रहरीले अश्रुग्याससमेत प्रहार गरेको छ ।

प्रहरीले केही राउण्ड अश्रुग्यास प्रहार गरेको डिआइजी उत्तमराज सुवेदीले बताएका छन् ।

स्थानीयले ढुंगामुढा गरेपछि अश्रुग्यास प्रहार गर्नुपरेको प्रहरीले जनाएको छ ।