सरकारले विश्व बैंकबाट १२ अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण लिने

काठमाडौं, २४ जेठ । सरकारले विश्व बैंकबाट हरित, उत्थानशील र समावेशी विकासका लागि १० करोड अमेरिकी डलर (करिब १२ अर्ब रुपैयाँ) सहुलियतपूर्ण ऋण लिने भएको छ ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त ऋण लिन वार्ता टोली गठन गर्ने निर्णय गरेको हो ।
‘विश्व बैंकबाट हरित, उत्थानशील र समावेशी विकासका लागि १०० मिलियन अमेरिकी डलर (करिब १२ अर्ब रुपैयाँ) सहुलियत पूर्ण ऋण लिन वार्ता टोली गठन गर्ने निर्णय भएको छ,’ मंगलबार आयोजित पत्रकार सम्मेलनमा मन्त्रिपरिषद्को निर्णय जानकारी दिँदै गृहमन्त्री बालकृष्ण खाणले बताए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


