यातायात व्यवस्था विभाग १ साउनबाटै इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने निर्णयबाट ‘ब्याक’

काठमाडौं, २४ जेठ । यातायात व्यवस्था विभाग १ साउनबाटै सडकमा गुड्ने सवारी साधनामा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने निर्णयबाट ‘ब्याक’ भएको छ ।
मंगलबार एक विज्ञप्ति जारी गर्दै १ साउनबाट सडकमा गुड्ने सबै सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने आशय विभागको नरहेको जनाएको हो ।
विभागले उक्त सूचना सरकारले २०७८ कात्तिक २२ गते नेपाल राजपत्रमा प्रकाशित सूचनाको पूरक सूचना भएको बताएको छ ।
अहिलकै गतिमा नम्बर प्लेट जडान हुँदा ४० दिनको अवधिमा सम्झौताबमोजिम परियोजनाले जडान गर्नुपर्ने २५ लाख सवारी साधनको केही प्रतिशत सवारी साधनमा मात्र इम्बोस्ड नम्बर प्लेट जडान हुन सक्नेमा पनि विभाग प्रष्ट रहेको विज्ञप्तिमा उल्लेख छ ।
’२०७८ जेठ २० गतेको विभागको सूचना मिति २०७८ कात्तिक २२ गतेको राजपत्रको सूचनाको निरन्तरता मात्र हो । यो सूचनामार्फत २०७९ श्रावण १ गतेका दिन बिहान देशका सडकमा गुड्ने सबै सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान हुनुपर्छ भन्ने आसय विभागको अलिकति पनि होइन । विभाग यस विषयमा प्रष्ट छ कि दिइएको ४० दिनमा नेपालमा हाल दर्ता कायम रहेका सबै साधनमा त परै जावस् अहिलकै गतिमा नम्बर प्लेट जडान हुन हो भने सम्झौताबमोजिम परियोजनाले जडान गर्नुपर्ने २५ लाख सवारी साधनको केही प्रतिशत सवारी साधनमा मात्र इम्बोस्ड नम्बर प्लेट जडान हुन सक्ने देखिन्छ,’ विज्ञप्तिमा भनिएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


