बञ्चरेडाँडामा फोहोर फाल्न अवरोध गर्ने १४ जना पक्राउ

काठमाडौं, २४ जेठ । बल प्रयोग गरेर काठमाडौंबाट लगिएको फोहोर बञ्चरेडाँडा ल्यान्डफिल साइटमा फालिएको छ ।
काठमाडौंबाट फोहोर लिएर गएका गाडीलाई बञ्चरेडाँडाका स्थानीयले रोकेपछि प्रहरीले बल प्रयोग गरी अवरोध हटाएको हो ।
सोमबार सहरी विकास मन्त्रालय, काठमाडौं महानगरपालिका र प्रभावित क्षेत्रका पालिकाहरु धुनिबेसी नगरपालिका र ककनी गाउँपालिकाबीच बञ्चरेडाँडा ल्यान्डफिल साइटमा फोहोर फाल्ने सहमति भएको थियो ।
तर, स्थानीयले काठमाडौंमा गरिएको सहमति नमान्ने भन्दै फोहोर लिएर गएका गाडीलाई रोकेपछि प्रहरीले बल प्रयोग गरेको हो ।
नुवाकोटका प्रहरी उपरीक्षक रामप्रकाश साहले जानकारी बल प्रयोग गरेर अवरोध हटाइएको जानकारी दिँदै सो क्रममा १४ जनालाई पक्राउ गरिएको बताए ।
ल्यान्डफिल्ड साइट प्रभावित क्षेत्रका बासिन्दाले पहिले भएका सहमति कार्यान्वयन नभएको भन्दै काठमाडौंको फोहोर बञ्चरेडाँडा ल्यान्डफिल्डमा फाल्न अवरोध गर्दै आएका छन् ।
विगत १० दिनदेखि फोहोर उठ्न नसक्दा काठमाडौंको चोक–चोकमा फोहोर थुप्रिएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


