जनकपुरधामबाट चोरीका तीन वटा मोटरसाईकलसहित दुई युवक पक्राउ

जनकपुरधाम, २४ जेठ । प्रहरीले जनकपुरधामबाट चोरीका तीन वटा मोटरसाईकलसहित दुई युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–२ बस्ने २१ वर्षीय राजकुमार साह र वडा नम्बर–८ बस्ने २० वर्षीय योगेश ठाकुर रहेको प्रहरीले जनाएको छ ।
गत जेठ ६ गते जनकपुरधाम उपमहानगरपालिका–११ बाट प्रदेश २–०२–००३ प. ४९२५ नम्बरको चोरी भएको मोटरसाईकलसहित राजकुमारलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
त्यस्तै जेठ २५ गते जनकपुरधाम–९ स्थित बाटोको छेउमा पार्किङ गरि राखेको प्रदेश २–०२–००५ प. ३१३९ नम्बरको मोटरसाईकल चोरी गरिरहेको अवस्थामा योगेश ठाकुरलाई प्रहरीले पक्राउ गरेको थियो ।
योगेशलाई सोधपुछ गर्दा उनले अर्को प्रदेश २–०२–००४ प. ६८५३ नम्बरको पल्सर मोटरसाईकल पनि चोरीकै रहेको बताएपछि प्रहरीले फेला पारेको छ ।
पक्राउ परेका राजकुमार र योगेशमाथि चोरी शिर्षक मुद्दामा म्याद थप गरि अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


