सप्तरीमा ट्रकको ठक्करबाट मेयरका प्रत्यासी चौधरीको मृत्यु

सप्तरी, २४ जेठ । सप्तरीमा ट्रकको ठक्करबाट नेकपा एकीकृत समाजवादीका नेता रामनारायण चौधरीको मृत्यु भएको छ ।
सोमबार राति सप्तरीको खडक नगरपालिका–५ स्थित खरचुहिया सडक खण्डमा चौधरी सवार स्कुटरलाई एक ट्रकले ठक्कर दिंदा उनको घटनास्थलमै मृत्यु भएक्नो हो ।
चौधरी सवार स.१० प ४६११ नम्बरको स्कुटरलाई ना.६ख ६३९९ नम्बरको ट्रकले ठक्कर दिएको थियो ।
वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा चौधरी सप्तरीको सुरुंगा नगरपालिकाको मेयरमा एकीकृत समाजवादीबाट चुनाव लडेका थिए ।
घटनापछि आक्रोशित स्थानीयले खरचुहियामा टायर बालेर अबेर रातिसम्म सडक अवरुद्ध गरेका थिए ।
ठक्कर दिने ट्रकका चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अगाडी बढाएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


