आइतबारको साप्ताहिक बिदा खारेज

काठमाडौं, २३ जेठ । सरकारले हप्ताको दुई दिन सार्वजनिक बिदा दिने निर्णय खारेज गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले आइतबार पनि दिँदै आएको साप्ताहिक बिदा खारेज गरेको हो ।
अब आगामी असार १ गतेदेखि शनिबार मात्र सार्वजनिक विदा हुने अर्थमन्त्री जनार्दन शर्माले जानकारी दिए ।
गत वैशाख २६ गते बसेको मन्त्रिरिषद् बैठकले पेट्रोलियम पदार्थको खपत कम गर्न भन्दै परीक्षणका रुपमा जेठ १ गतेदेखि शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिँदै आएको थियो ।
सेवा प्रवाहमा समस्या देखिएको भन्दै सरकारको उक्त निर्णयको चौतर्फि आलोचना भएपछि सरकारले निर्णय सच्याएको हो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


