कलैया, २३ जेठ । बाराको महागढीमाई नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख उपेन्द्र यादवले मासिक सेवा सुविधा नलिने घोषणा गरेका छन ।

जनप्रतिनिधिको सेवा सुविधाले झन राज्यलाई आर्थिक बोझ थुप्रिने भएकाले आफूले सेवा सुविधा नलिने मेयर यादवले बताए ।

दोस्रो कार्यकालका लागि नेपाली कांग्रेसबाट निर्वाचित मेयर यादवले आफ्नो सेवा सुविधा गरिब, असहाय, विपन्न वर्गका लागि खर्च गर्ने बताए ।

मेयर यादवले नेपाली कांग्रेसबाट नै निर्वाचित उपमेयर तारादेवी कानुसहित वडाअध्यक्षहरुलाई समेत मासिक सेवा सुविधा नलिन आग्रह गरेका छन ।