काठमाडौं, २३ जेठ । फर्पिङको जंगलमा एक युवक र युवती मृत भेटिएका छन् । मृतकको सनाखत हुन सकेको छैन ।

उपत्यका अपराध अनुसन्धान कार्यकालयका प्रमुख एसएसपी बसन्त बहादुर कुँवरले अन्दाजी २२/२३ वर्ष उमेरका युवा–युवती मृत भेटिएको जानकारी दिए ।

उनका अनुसार घटनास्थल नजिकै औषधिको बट्टा पनि फेला परेको छ । तर उनीहरुको मृत्युको कारण खुलेको छैन ।

घटनास्थलमा अपराध अनुसन्धान कार्यालयको टोली अनुसन्धानका लागि पुगेको छ ।