बुटवल, २३ जेठ । रुपन्देहीको रोहिणी खोला पुलमा आइतबार बिहान भएको बस दुर्घटनामा मृतक ९ जनाकै सनाखत भएको छ ।

जनकपुरबाट भैरहवा आउँदै गरेको लु२ख ३८४१ नम्बरको यात्रुवाहक बस रोहिणी पुलबाट खोलामा खस्दा बसमा सवार ३२ जना मध्ये एकमहिला र ८ पुरुषको मृत्यु भएको थियो ।

रुपन्देही प्रहरी प्रवक्ता डीएसपी नवरत्न पौडेलका अनुसार मृत्यु हुनेहरूमा रुपन्देहीको ओमसतिया गाउँपालिका–४ का ६५ वर्षका राजेन्ऽ पाण्डे, तिलोत्तमा नगरपालिका–८ की ३७ वर्षकी तुलसी बस्याल, तिलोत्तमा–२,योगीकुटीका ५६ वर्षका विष्णु पौडेल, रौतहट चन्द्रनिगाहपुरका २० वर्षका दिनेश दास रहेका छन् ।

स्तै बुटवल उपमहानगरपालिका–११ कालिकानगरका ४८ वर्षका कृष्णप्रसाद बस्याल, बुटवल उपमहानगरपालिका–६ आदर्शनगर बस्ने ४० वर्षका अरविन्द शर्मा, अरविन्दका बुवा ५० वर्षका नागेन्द्र शर्मा र सितामढी भारतका ४५ वर्षका सञ्जय गुप्ता र महोत्तरी पिप्रहवा– ५का ३० वर्षका चन्दन यादवको मृत्यु भएको छ ।

घाइते २३ जना मध्ये २१ जनाको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको छ । सामान्य घाइते २ जना डिस्जार्ज भएका छन् । घाइते २१ जना मध्ये १५ जनाको अवस्था गम्भीर र बांकीको मध्यम रहेको जिल्ला ट्राफिक प्रहरी प्रमुख केशव केसीले जानकारी दिए । घाइते सबैको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको छ ।

‘चालक निदाएकाले दुर्घटना’

रोहिणी गाउंपालिका ३ रोहिणी पुलमा भएको उक्त दुर्घटना चालक निदाएको कारणले भएको धेरैको ठम्याई छ ।

दाया साइडबाट गुड्नुपर्ने बस बायां साइडमा गएर पुलका १० वटा रेलिङ भांचेर खोलामा खसेकाले चालक निदाएर वा तीब्र गतिले अनियन्त्रित भएर दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी प्रमुख केशव केसीले बताए ।

‘चालक घाइते भएकाले उनी बोल्न सकेका छैनन्,सहचालकले आफू निदाएको बताएका छन्,हाम्रो अनुमान पनि चालक निदाएकै कारण दुर्घटना भएको हो भन्नेमा बढी छ’–केसीले भने ।

घटनास्थलमा पुगेर उद्धारमा संलग्न रोहिणी गाउंपालिका २ का वडाध्यक्ष करम खानले चालक निदाएर ब्युंझिंदा अनियन्त्रित भएर दुर्घटना भएको देखिएको बताए । ‘घाइतेहरुसंग कुरा गर्दा चालक निदाएकै कारण दुर्घटना भएको भनेका छन्’–खानले भने ।

दुर्घटनामा परेको बस पश्चिम नेपाल बस व्यवसायी प्रालि बुटवलमा आवद्ध छ । यो प्रालि नेपालमा सबैभन्दा धेरै बस भएको संस्था हो ।

घाइतेहरूको नामावली

१. जिल्ला धनुषा हंसपुर न.पा.–३ बस्ने वर्ष १८ को मुफिद मन्सुरी ।
२. जिल्ला बारा जितपुर सिमरा उ.न.पा.–१३ बस्ने वर्ष १८ को रोहन चौधरी ।
३. जिल्ला बारा सिमरा न.पा.–१३ बस्ने वर्ष १८ को सतेन्द्र चौधरी ।
४. जिल्ला बारा सिमरा न.पा.–१३ बस्ने वर्ष १५ को बरुण चौधरी ।
५. जिल्ला सिराहा, सिराहा न.पा.–९ बस्ने वर्ष ३१ को राकेशकुमार दास ।
६. जिल्ला कपिलबस्तु बाणगंगा न.पा.–५ बस्ने वर्ष २९ को तुलसीराम चौधरी । –सह–चालक)
७. जिल्ला धनुषा जनकपुर उ.न.पा.–२२ बस्ने वर्ष ३९ को बिनोद मुखिया ।
८. जिल्ला रुपन्देही लुम्बिनी सांस्कृतिक न.पा.–११ का वर्ष २८ को रियाज जुल्लाह मुसलमान ।
९. जिल्ला रुपन्देही लुम्बिनी सांस्कृतिक न.पा.–६ बस्ने वर्ष १६ को सहेजाद मुसलमान ।
१०. जिल्ला रुपन्देही तिलोत्तमा न.पा.–३ शंकरनगर बस्ने वर्ष ३६ को सुमन क्षेत्री । –बस चालक)
११. जिल्ला रुपन्देही लुम्विनी सास्कृतिक न.पा.– ३ बस्ने वर्ष २० को राजेश यादव ।
१२. जिल्ला रौतहट बस्ने वर्ष २२ को वकिल दास हात ।
१३० भारत जनकपुरग्राम बस्ने वर्ष २८ को गौरव सिंह ।
१४. जिल्ला झापा बस्ने वर्ष ६० को जयाप्रसाद चापागाई ।
१५. जिल्ला झापा बस्ने वर्ष ५६ कि तुलसा चापागाई ।
१६. भारत बस्ने वर्ष ३२ कि सिता शर्मा ।
१७. भारत बस्ने वर्ष ५ कि सन्दिपा शर्मा ।
१८. भारत बस्ने वर्ष ४ को यश शर्मा ।
१९. जिल्ला धनुषा जनकपुर बस्ने वर्ष ३५ की अञ्जली कामी ।
२०. जिल्ला रुपन्देही तिलोत्तमा न.पा.–३ बस्ने वर्ष २२ को बिपिन बस्याल ।
२१. जिल्ला रौतहट श्रीनगर बस्ने वर्ष २२ को रामजनम दास ।
२२. जिल्ला धनुषा जनकपुर बस्ने वर्ष २२ कि रिंकी यादव ।
२३. जिल्ला महोत्तरी बस्ने वर्ष २९ को साबिर अन्सारी ।