काठमाडौं, २३ जेठ । प्रतिनिधिसभाबाट ‘यौन हिंसाविरुद्धको केही ऐन संशोधन गर्ने विधेयक–२०७९’ माथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत भएको छ ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा कानुन न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले ‘यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयक–२०७९ माथि विचार गरियोस’ भनी प्रस्ताव प्रस्तुत गरेका थिए ।

सभामुख अग्नि सापकोटाले ‘यौन हिंसाविरुद्ध केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरेका थिए ।

प्रस्तावको विपक्षमा कुनै सांसदले आवाज नउठाएपछि प्रस्ताव बहुमतले पारित भएको सभामुखले घोषणा गरेका हुन् ।