हाम्रो पात्रोबाट एक महिनामै १० करोडभन्दा बढीको रेमिट्यान्स नेपाल भित्रियो

काठमाडौं, २३ जेठ । नेपालकै लोकप्रिय हाम्रो पात्रो एपबाट एक महिनामै १० करोडभन्दा बढीको रेमिट्यान्स नेपाल भित्रिएको छ ।
एउटै एपमार्फत विभिन्न सेवा दिँदै आएको हाम्रो पात्रोले सात महिनाअघि मात्र यो सुविधा प्रयोगकर्तामाझ ल्याएको थियो। हाम्रो पात्रोले ६ महिनाअघि मात्र १ करोडको रेमिट्यान्स भित्राएको थियो भने यो महिनामा १० करोडको रेमिट्यान्स भित्रिएको हो ।
यो अवसरमा हाम्रो पात्रो इंक. का फाउन्डर÷सीईओ शंकर उप्रेतीले प्रयोगकर्तालाई धन्यवाद व्यक्त गरेका छन् । ‘यसबाट अझ काम गर्न थप हौसला प्राप्त भएको छ,’ म सबै प्रयोगकर्ताहरूलाई उहाँहरूको विश्वासको लागि आभार ब्यक्त गर्दछु । हाम्रो लक्ष्य भनेको नेपाली प्रयोगकर्ताहरूलाई कम शुल्कमा सजिलै नेपालमा पैसा पठाउने सुबिधा दिनु हो ।’ त्यसैगरी ’इन्स्ट्यांन्ट ट्रान्सफर’ सुविधा चाँडै आउने शंकर उप्रेतीले बताए । जसअन्तर्गत पैसा पठाएको केही समयमै नेपालको बैंक खाता अथवा मोबाइल एपमा डिपोजिट हुनेछ ।
रेमिट सेवा सुरु भएसँगै कम्पनीले प्रयोगकर्तालाई आकर्षित गर्न विशेष अफरसमेत प्रदान गरेको छ । जसअनुसार प्रयोगकर्ताले हाम्रो पात्रोबाट सुरुवाती तीन पटक एक हजार डलरसम्म निःशुल्क रूपमा रेमिट्यान्सबाट नेपालमा रकम पठाउन सक्नेछन् ।
हाम्रो पात्रो एपले नेपाली एपहरुमा नयाँ/नयाँ रेकर्ड कायम गर्दै गएको छ। यसअघि १० लाख र ५० लाख हुँदै १ करोड डाउनलोड पूरा गर्नेमा हाम्रो पात्रो पहिलो नेपाली एप बनेको थियो । हालै, एपले दैनिक १७ लाख र मासिक १ करोड दश लाख सक्रिय प्रयोगकर्ता भएको कोसेढुङ्गा पार गरेको छ । हाम्रो पात्रोले गत वर्ष नै प्ले स्टोरमा १ करोड डाउनलोड कोसेढुंगा पार गरेको थियो ।
पात्रो हेर्ने, मिति परिवर्तन फिचरसँगै सन् २०१० मा आईओएसमा तयार भएको यो एप सन् २०१२ मा एन्ड्रोइड प्ले स्टोरमा राखिएको थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


