जनकपुरधाममा विदाका दिन चलाएका सरकारी गाडी ट्राफिक प्रहरीको नियन्त्रणमा

जनकपुरधाम, २२ जेठ । जनकपुरधाममा सार्वजनिक विदाका दिन चलाइएका सरकारी सवारी साधनलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिन थालेको छ ।
पेट्रोलियम पदार्थको खपत न्यूनीकरण गर्ने उद्देश्यले सरकारले हाल शनिबार र आइतबार गरी हप्तामा दुई दिन विदा दिएपनि सरकारी सवारी साधन चलाएको पाइएपछि त्यसलाई नियन्त्रणमा लिएर ट्राफिक प्रहरीले थन्क्याउन थालेको हो ।
शनिबार र आइतबार गरी १४ वटा सरकारी सवारी साधन नियन्त्रणमा लिइएको जिल्ला ट्राफिक प्रमुख प्रहरी निरीक्षक चन्द्रभूषण यादवले जानकारी दिए । उनका अनुसार नियन्त्रणमा लिइएका सवारी साधन कार्यालय खुल्ने दिन मात्रै दिइने छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


