एस.एम.स्कुल/क्याम्पसले यसरी मनायो विश्व वातावरण दिवस

जनकपुरधाम, २२ जेठ । आज विश्व वातावरण दिवसलाई विभिन्न सचेतनामूलक कार्यक्रमको आयोजना गरी मनाइँदै छ ।
संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रमको आह्वानमा सन् १९७४ देखि हरेक वर्ष जुन ५ तारिखको दिनलाई विश्व वातावरण दिवसका रूपमा मनाउँदै आइरहेको छ । यस वर्ष ‘केवल एक पृथ्वी’ भन्ने अन्तर्राष्ट्रिय नारा र ‘प्रकृतिसँग मेलमिलापमा दिगोरूपमा बाँच्ने’ भन्ने मूल विषयका साथ यो दिवस मनाइँदैछ ।
नेपालमा ‘दिगो प्रकृतिमैत्री जीवनयापन : पृथ्वीको संरक्षण’ भन्ने राष्ट्रिय नाराका साथ विभिन्न कार्यक्रमको आयोजना गरी विश्व वातावरण दिवस मनाइँदैछ ।
यस अवसरमा विभिन्न संघसंस्थाहरूले बोटबिरुवा रोपिएर तथा सरसफाइका कार्यक्रम आयोजना गरेका गरेका छन् । स्कुले नानीबाबुहरुले पनि वृक्षारोपण कार्यक्रममा फलफूललगायतका विभिन्न बोटबिरुवा रोपेर यो दिवस मनाएका छन् ।
यसैबीच जनकपुरधामस्थित एस.एम.स्कुल/क्याम्पसले पनि विद्यालय परिसरमा वृक्षारोपण गरि विश्व वातावरण दिवस मनाएको छ ।

विद्यालयका सञ्चालक एवम् प्रिन्सिपल दिपक कुमार ठाकुरको अगुवाइ तथा मैथिलि विकास कोषका अध्यक्ष समेत रहेका नेपाली कांग्रेसका मधेस प्रदेश समिति सदस्य जिवनाथ चौधरीको प्रमुख आतिथ्यमा वृक्षारोपण गरिएका हो ।
कार्यक्रममा बोल्दै चौधरीले वातावरण संरक्षणका लागि बिरुवा अति आवश्यक रहेकोले भने विरुवालाई संरक्षण गर्नु र नयाँ विरुवा ठाउँठाउँमा रोप्नु हाम्रो परम कर्तव्य रहेको भन्दै बालबालिकामा आफ्नो सन्देश दिएका थिए । उनले आफ्नो ठाउँ आफ्नै जिम्मेवारीका साथ यस पुनित कार्यका लागि अगाडी बढन सम्पुर्णमा आग्रह समेत गरे ।

कार्यक्रममा समाजसेवी वैद्यनाथ साह, रामानन्द युवा क्लवका अध्यक्ष मनमोहन साह, उपाध्यक्ष आशुतोष झा, अभियानि दिपक चौधरीको उपस्थिति रहेको थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


