गुल्मी, २१ जेठ । गुल्मीमा माछा मार्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ ।

जिल्लाको इस्मा गाउँपालिका–२ रातडाँडा निवासी ४१ वर्षका झविलाल कुमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक माधवराज खरेलले बताए ।

कुमाल शनिबार दिउँसो छल्दी पनाहा खोलामा माछा मार्न गएका थिए । उनलाई स्थानीयले मृत्यु भएको अवस्थामा देखेपछि शव पानीबाट निकाली प्रहरीलाई खबर गरेका थिए ।

शव पोष्टमार्टका लागि गुल्मी अस्पताल लगिएको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान भईरहेको छ ।