काठमाडौं, २१ जेठ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् ।

मेयर शाह शनिबार बिहान प्रचण्ड निवास खुमलटार पुगेका हुन् । भेटका क्रममा प्रचण्डले मेयर शाहलाई बधाई दिंदै देश र जनतालाई केन्द्रमा राखेर काम गर्न सुझाव दिएका छन् ।

भेटमा प्रचण्ड र बालेनले एकअर्काको प्रशंसा गरेका थिए । मेयर शाहले गठबन्धनबाट आफूले सहयोगको अपेक्षा गरेको बताएको प्रचण्डको सचिवालयले जनाएको छ ।

मेयर निर्वाचित भइसकेपछि बालेनले प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई यसअघि भेटिसकेका छन् ।