हजयात्रीको शुल्क घटाउन माग

काठमाडौं, २१ जेठ । नेपाल मुस्लिम इत्तेहाद संगठनले गृहमन्त्री बालकृष्ण खाणलाई मक्का मदिनामा जाने हजयात्रीको शुल्क घटाउन माग गर्दै ज्ञापनपत्र बुझाएको छ ।
संगठनका अध्यक्ष सराज अहमद फारुकीको नेतृत्वमा गएको टोलीले मन्त्री खाणलाई भेटी हज गर्न जाने हजयात्रीका लागि तोकिएको शुल्क घटाउन माग गर्दै ज्ञापनपत्र बुझाएका हुन् ।
सरकारले साउदी अरबको मक्का मदिनामा हज गर्न जाने हजयात्रीका लागि विगतभन्दा दोब्बर शुल्क तोकेको छ । यही जेठ १५ गते नेपाल हज कमिटीले सूचना जारी गर्दै मक्कामदिना जानका लागि हजयात्रीबाट ४ लाख ६६ हजार ३९२ तोकिएकामा २०७६ सालमा २ लाख २५ हजार शुल्क तोकिएको जनाएको छ ।
संगठनका सचिव हलिम साहले मुस्लिम समुदायको आर्थिक अवस्था कमजोर हुँदा अहिले तोकिएको शुल्क तिरेर जाने अवस्था नरहेको हुँदा शुल्क घटाउन माग गरिएको बताए । ज्ञापनपत्र बुझ्दै मन्त्री खाणले शुल्क घटाउने प्रतिबद्धता व्यक्त गरे ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


