इशनाथ नगरपालिकामा कांग्रेस–एमाले गठबन्धनको प्यानल विजयी

रौतहट, २० जेठ । रौतहटको इशनाथ नगरपालिकामा नेकपा एमाले र नेपाली काँग्रेसबीच गठबन्धन गरेर कार्यपालिका सदस्यको निर्वाचन भएको छ ।
जसमा गठबन्धनको प्यानलै विजयी भएको छ । एमाले–काँग्रेसको गठबन्धनपछि भएको कार्यपालिका चुनावबाट ८ जना उम्मेदवार विजयी भएका हुन् ।
निर्वाचन अधिकृत रामकृष्ण उप्रेतीका अनुसार कार्यपालिका सदस्यहरुमा नेपाली काँग्रेसका ५ र एमालेका ३ जना निर्वाचित भएका छन् ।
कार्यपालिका सदस्यको जिम्मेवारी पाउने महिला सदस्यहरूमा रामकलि कनुइन,सुन्दरता देवी,खुसैदा खातुन,कमली देवी,समसुन नेसा रहेकी छन् ।
त्यस्तै दलित तथा अल्पसङ्ख्यकबाट लक्ष्मी नारायण राम, तेजीलाल साह, उपेन्द्र महरा निर्वाचित भएको निर्वाचन अधिकृत उप्रेतीले जानकारी गराए ।
गठबन्धनका कारण लोसपा र समाजवादीका उमेदवार पराजित भएका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


