बारामा करेन्ट लागेर एक महिलाको मृत्यु

बारा, २० जेठ । बाराको कलैया उपमहानगरपालिका–२३ स्थित बैराठपुरकी एक महिलाको करेन्ट लागेर मृत्यु भएको छ ।
आफ्नै घरमा जडान गरिएको मोटरबाट पानी तान्ने क्रममा बिजुली सर्ट भई करेन्ट लागेर ३५ वर्षीया प्रभादेवी साहको मृत्यु भएको प्रहरी प्रवक्ता राजेश थापाले जानकारी दिए ।
मृत्यु भएकी साह सोही स्थान बस्ने रामविनय साहकी श्रीमती रहेको प्रहरीले जनाएको छ ।
करेन्ट लागेर गम्भीर घाइते भएकी साहको वीरगञ्जस्थित तराई अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


