मोटरसाइकल चोरी गरेको आरोपमा ८ जना पक्राउ

झापा, १९ जेठ । झापा प्रहरीले मोटरसाइकल चोरी गरेको आरोपमा ८ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सप्तरीको टिकुली नगरपालिका–५ घर भएका २७ वर्षीय करण अहमद, झापाको गौरीगञ्ज गाउँपालिका–५ बस्ने १८ वर्षीय ओमप्रकाश यादव, झापाकै अर्जुनधारा नगरपालिका–८ बस्ने १८ वर्षीय समीर मियाँ र विर्तामोड नगरपालिका–५ बस्ने १८ वर्षीय विष्णु भण्डारी रहेका छन् ।
यस्तै विर्तामोड नगरपालिका–५ बस्ने १८ वर्षीय करण मण्डल, विर्तामोड नगरपालिका–३ बस्ने १९ वर्षयीय कुमार राजवंशी, विर्तामोड नगरपालिका–३ बस्ने १८ वर्षीय सुमन बिहारी र इलाको चुलाचुली घर भएका १८ वर्षीय राहुल श्रेष्ठ रहेको प्रहरीले जनाएको छ ।
झापाको अनारमनी क्षेत्रबाट तीन महिनादेखि विभिन्न मिति र समयमा मोटरसाइकल चोरीको घटना बढ्दै गएको उजुरी परेपछि इलाका प्रहरी कार्यालय अनारमनी र जिल्ला प्रहरी कार्यालय भद्रपुर झापाको संयुक्त टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ परेका उनीहरुमाथि चोरी मुद्दामा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


