तारा एअरद्वारा पोखरा–जोमसोम–पोखराका नियमित उडान एक हप्ताका लागि स्थगित

काठमाडौं, १९ जेठ । तारा एअरले बिहीबारका सबै उडान रद्द गरेको छ ।
कम्पनीका अनुसार एअर रुटको मौसम प्रतिकूल देखिएकाले उडान रद्द गर्नु परेको हो ।
यती एअरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले मौसम प्रतिकूल भएकोले उडान रद्द गरिएको जानकारी दिए । तारा एअरले आन्तरिकतर्फका पनि दुर्गम क्षेत्रमा उडान गर्दै आएको छ ।
त्यस्तै शुक्रबारदेखि जेठ २७ गतेसम्मका लागि तारा एअरको पोखरा–जोमसोम–पोखराका नियमित उडानहरु पनि स्थगित गरिएको हो ।
तारा अयर यती एयरलाइनको भगिनी संस्था हो ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


