संघीयता कार्यान्वयनसम्बन्धी संकल्प प्रस्ताव कार्यान्वयन गर्न सरकारलाई निर्देशन

काठमाडौं, १९ जेठ । राष्ट्रियसभाले संघीयता कार्यान्वयनसम्बन्धी संकल्प प्रस्ताव कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिएको छ ।
राष्ट्रिय सभाको बिहीबार बसेको बैठकले सभाबाट स्वीकृत भएको संघीयता कार्यान्वयनसम्बन्धी संकल्प प्रस्ताव राष्ट्रियसभा नियमावली २०७५ को नियम ८७ बमोजिम कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिएको हो ।
बैठकमा राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रियसभा सदस्य खिमलाल देवकोटा प्रस्तावक रहेको संघीयता कार्यान्वयनसम्बन्धी संकल्प प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको घोषणा गरे ।
उनले सदस्य देवकोटा प्रस्तावक रहेको संघीयता कार्यान्वयनसम्बन्धी संकल्प प्रस्ताव जीतेन्द्रनारायण देव, गोपाीबहादुर सार्की अछामी, नन्दा चपाईं, प्रमिलाकुमारी र देवेन्द्र दाहाल समर्थक भई दर्ता गराएको प्रस्ताव संसदमा निर्णयार्थ प्रस्तुत गरेका थिए । प्रस्तुत संकल्प प्रस्तावलाई सत्तापक्ष र प्रतिपक्ष सबै सांसदले सहमति जनाएका थिए ।
उनले भने, ‘माननीय खिमलाल देवकोटा प्रश्तावक र माननीय जितेन्द्रनारायण देव, गोपाीबहादुर सार्की अछामी, नन्दा चपाईं, प्रमिलाकुमारी र देवेन्द्र दाहाल समर्थक भई दर्ता गर्नुभएको संघीयता कार्यान्वयनसम्बन्धी संकल्प प्रश्ताव सर्वसम्मतिले स्वीकृत भएको घोषणा गर्दछु । सभाबाट स्वीकृत संघीयता कार्यान्वयनसम्बन्धी संकल्प प्रस्ताव राष्ट्रियसभा नियमावली २०७५ को नियम ८७ बमोजिम कार्यान्वयन गर्न नेपाल सरकारलाई यो सभा निर्देशन गर्दछ ।’
राष्ट्रियसभाको अर्को बैठक शुक्रवार १ बजे बस्नेछ । राष्ट्रियसभामा दर्ता भएको संघीयता कार्यान्वयनसम्बन्धी संकल्प प्रस्तावमाथिको छलफलमा सांसदले संघीयताको मर्मअनुसार तीनै तहका राज्य सञ्चालन हुनुपर्ने धारणा राखेका थिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


