विस्थापित अस्थायी शिक्षकद्वारा प्रदेश सभा भवन घेराउ

जनकपुरधाम, १९ जेठ । मधेस प्रदेश अन्तर्गत विस्थापित अस्थायी शिक्षकहरुले प्रदेश सभा भवन घेराउ गरी नारावाजी गरेका छन् ।
प्रदेश सरकार स्वयंले गरेको निर्णय पालना नगरेको भन्दै शिक्षकहरुले प्रदेश सभा भवन घेराउ गरी नारावाजी गरेका हुन् ।
विस्थापित अस्थायी शिक्षकहरुले लामो समयदेखि तलब भत्ता नपाउँदा उनीहरुलाई घरपरिवार चलाउन गाह«ो भएकोले प्रदेश सरकारलाई गम्भिर हुन दबाब दिंदै प्रदेश सभा घेराउ गरी नारावाजी गरिएको विस्थापित अस्थायी शिक्षक संघर्ष समितिका संयोजक धर्मेन्द्र यादवले बताए ।
उनले भने, ‘विगतमा आन्दोलन गर्दा प्रदेश समन्वय परिषद्ले पीडि़त अस्थायी शिक्षकहरुको संख्या निर्धारण गरी तथ्यांकगत विवरण मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा पठाइएको थियो । समन्वय परिषद् एवं मुख्यमन्त्री कार्यालयबीच पत्राचार भएपछि कार्यरत् शिक्षकहरुलाई काजमा फिर्ता पठाइयो । तर, काजफिर्ता गरिएपनि विगत करिव एक वर्षदेखि हामी तलब भत्ताबाट वञ्चित छौं ।’
शिक्षक शिक्षिकाहरुले आफूहरुको तलब भत्ता सु्निश्चित गर, मधेस सरकारले गरेको निर्णय पालन गर, कानुनी राज्यको अनुभूति होस्, शिक्षकहरुको कानुनी हक अधिकारको हनन नगरियोस् लगायतका माग गरेका छन् ।
उनीहरुले बिहीबार दिउँसो १ देखि ३ बजेसम्म प्रदेश सभा घेराउ गरी नारावाजी गरेका हुन् ।
मधेश प्रदेश अन्तर्गत ४६८ जना विस्थापित अस्याथी शिक्षक/शिक्षिका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


