सिरहामा श्रीमतीका लागि औषधि लिन गएका एक पुरुषको शव इनारमा फेला

सिरहा, १९ जेठ । सिरहामा एक पुरुषको शव इनारमा फेला परेको छ ।
जिल्लाको गोलबजार नगरपालिका वडा नम्बर–२ टुर्किया बस्ने ४८ वर्षीय ज्ञानचन्द्र भनिने विष्णुदेव साहको शव इनारमा फेला परेको हो ।
सोमबार साँझ श्रीमतीका लागि औषधि लिन गएका साह बेपत्ता भएका थिए । उनको शव आज बिहान गाउँ नजिकैको इनारभित्र फेला परेको प्रहरीले जनाएको छ ।
औषधि लिएर तुरुन्तै फर्किहाल्छु’ भन्दै साइकलमा गएका उनी राति अबेरसम्म पनि नफर्किएपछि खोजतलाश सुरु गरिएको थियो । सो क्रममा उनको शव इनारमा फेला परेको हो ।
परिवाजनले उनको हत्या भएको दावी गर्दै दोषी पत्ता लगाएर कडा कारबाही गर्न माग गरेका छन् ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायव उपरीक्षक सुभाष बुढाथोकीले जानकारी दिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


