संखुवासभा, १८ जेठ । संखुवासभाको चैनपुर नगरपालिका–१ मा सुख्खा पहिरोले दुई जना पुरिएका छन् ।

नुनढाकी सडकखण्ड निर्माणका क्रममा पहिरो खस्दा दुई जना मजदुर पुरिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रमुख डीएसपी लालध्वज सुवेदीले जानकारी दिए ।

प्रहरीका अनुसार सडकमा पर्खाल लगाउने क्रममा पहिरो जाँदा कामदार रामकुमार राई र हेमराज मगर पहिरोमा पुरिएका छन् ।

स्काभेटरको प्रयोगबाट उनीहरुलाई निकाल्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।