महानगरपालिकाले फोहोरको दिगो व्यवस्थापन खोजिरहेको छ : उपमेयर डंगोल

काठमाडौं, १८ जेठ । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनीता डंगोलले काठमाडौं महानगरपालिकामा फोहोर उत्पन्न हुने ठाउँमा नै व्यवस्थापन गर्ने गरी काम भइरहेको बताएकी छन् ।
बुधबार होटल संघ नेपालले आयोजना गरेको कार्यक्रममा उनले काठमाडौं महानगरपालिकाको मुख्य चुनौती नै फोहोर व्यवस्थापन भएको बताइन् ।
घरबाट निस्कने ७५ प्रतिशत फोहोर कुहिने र १५/१६ प्रतिशत फोहोर प्लास्टिकजन्य हुने भन्दै उपमेयर डंगोलले महानगरपालिकाले फोहोरको दिगो व्यवस्थापन खोजिरहेको बताइन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


