तारागाउँ विकास समितिका अध्यक्ष न्यौपाने बर्खास्त

काठमाडौं, १७ जेठ । सरकारले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मातहतको तारागाउँ विकास समितिका अध्यक्ष प्रह्लाद न्यौपानेलाई बर्खास्त गरेको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले न्यौपानेलाई बर्खास्त गरेका हुन् ।
अध्यक्ष न्यौपानेमाथि ह्यात रिजेन्सी होटलसँग मिलेमतो र सेटिङ गरेर सरकारी सम्पत्ति संरक्षणमा बेवास्ता गरेको आरोप लागेको थियो ।अध्यक्ष न्यौपानेलाई हटाइएको पत्र विकास समितिको कार्यालयमा दर्ता गराइएको सो मन्त्रालयले जनाएको छ ।
समितिको ऐनमा अध्यक्ष पद आलंकारिक हुने भए पनि न्यौपाने नियमित कार्यालय जाने र मासिक तलब सुविधासमेत लिने गरेको गुनासो विकास समितिका कर्मचारीको थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


