नापी कार्यालय भैरहवाका अमिन रायमाझी घुससहित पक्राउ

काठमाडौं, १७ जेठ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भैरहवास्थित नापी कार्यालयका अमिन टेकबहादुर रायमाझीलाई घुससहित पक्राउ गरेको छ ।
जग्गाको हालसाविक गरेबापत सेवाग्राहीसँग ३० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा रायमाझीलाई नियन्त्रणमा लिइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए ।
सेवाग्राहीसँग घुस माग गरिरहेको सूचनाको आधारमा बुटवलबाट गएको आयोगको टोलीले उक्त रकम घुस लिइसकेको अवस्थामा उनलाई नियन्त्रणमा लिएको भण्डारीले जानकारी दिए ।
भण्डारीका अनुसार रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–५ मा रहेको ३ नम्बर नापी कार्यालयको क्वाटरबाट उनलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


